ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

बर्दियामा बुधबार बिहान ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

लु २ ख १०६८ नम्बरको ट्रक ठाकुरबाबा नगरपालिका २ मा भएको ट्रक दुर्घटनामा दुई महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।

ट्रक चालक घोराही उपमहानगरपालिका ११ कपासेका कर्ण बहादुर चौधरी घाइते भएका छन्। घाइतेको नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको छ ।

मृतकको पहिचान हुन बाकीँ रहेको प्रहरीले जनाएको छ ।