बाबुको कुटपिटबाट ४ वर्षीया छोरीको मृत्यु

कुटपिट गरी आफ्नै छोरीको हत्या गरेको अभियोगमा कञ्चनपुरका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै ४ वर्षीया छोरी सुशिला चुनारालाई कुटपिट गरी हत्या गरेको अभियोगमा भिमदत्त नगरपालिका–१८ सुकुम्बासी टोल बस्ने ३० वर्षीय ईन्द्र बहादुर चुनारा पक्राउ परेका हुन् ।

मादक पदार्थ सेवन गरी ईन्द्र बहादुरले आफ्नै छोरीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट सालघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएकी सुशिलाको अंचल अस्पताल महाकालीमा उपचारको क्रममा मृत्यु भएको थियो ।

ईन्द्र बहादुरलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।