संरक्षकलाई माछापुच्छ्रे बैंक ओपन टेनिसको उपाधि

कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा आयोजित ओपन टेसिनको उपाधि संरक्षणभुषण बज्रचार्यले जितेका छन् । उनले प्रणव खनाललाई टाईब्रेक सेटमा पराजित गर्दै नगद ५० हजार राशीको उपाधि चुमेका हुन् । बज्रचार्यले पोखरा रंगशालास्थित टेनिस कोर्टमा सोमबार भएको फाईनलमा खनाललाई ३–६, ७–६ र ६–३ को सेटमा पराजित गरेका थिए । महिला तर्फको उपाधि प्रेरणा कोईरालाले उचालिन् । सलोनी तामाङ्गमाथि ७–५ र ६–१ को सोझो सेटमा जित निकाल्दै शीर्ष वरियताकी प्रेरणाले उपाधी आफ्नों नाम गराएकी हुन् ।

मेन्स डबल्समा संरक्षक भुषण बज्राचार्य र नविन मगरको जोडीले बाजी मा¥यो । प्रदिप खड्का र प्रणव खनालको जोडीमाथि ६–३, ६–३ को सहज नतिजा निकाल्दै संरक्षक जोडीले उपाधी रक्षा गरेको हो । ३५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा कमल भण्डारीले उपाधि रक्षा गरे । उनले गोरखाका राजु श्रेष्ठलाई ६–३, ६–३ को सेटमा पराजित गरेका थिए । प्रतियोगिताको भेट्रान्सतर्फ ३५ वर्ष माथि डबव्स उपाधी राजु श्रेष्ठ (काठमाण्डौ) र कमल भण्डारीको जोडीले जितेको छ । सिमान्त गुरुङ्ग र राजु श्रेष्ठ (गोरखा) जोडीलाई ६–१, ४–६ र सुपरटाईमा १०–६ को कठिन जित निकाल्दै राजु जोडीले उपाधीमा आफ्नों नाम लेखाएका हुन् ।

४५ वर्ष माथिको एकल प्रतिस्पर्धाको उपाधि भने चन्द्र लामाले आफनो पोल्टामा पारे । उनले विमल गुरुङलाई पराजित गरे । ६–४, ७–५को सेटमा पराजित गर्दै लामाले उपाधि उचाल्न सफल भए । सोही इभेण्टको डबल्स उपाधी भने पोखरेली खेलाडीद्वय गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछानेको नाममा रहयो । फाइनलमा गोपी जोडीले मनोज राणा र विमल गुरुङ्गको जोडीमाथि ६–३ र ७–६ को नतिजा निकालेका थिए ।

५५ वर्ष माथिको एकल तर्फका ट्रफ ीभने कमल थापाले आफनो नाम गराए । थापाले पोखरेली खेलाडी अनिल तुलाचनलाई ७–६, ६–३ को सेटमा पराजित गरेका हुन् । सोही इभेण्टको डबल्समा कमल थापा र झ्याम्पा ढुण्डुपको जोडी च्याम्पियन बन्यो । थापा जोडीले समिर शेरचन र अनिल तुलाचनसँगको अन्तिम चुनौति ७–६ र ६–२ ले पाखा लगाए ।
६५ वर्ष माथि एकल प्रतिस्पर्धामा ज्ञानेन्द्र ताम्राकारले दिपक श्रेष्ठलाई ४–२, ४–० को सेटमा पराजित गरेका थिए । डबल्स उपाधी दिपक श्रेष्ठ र ज्ञानेन्द्र ताम्राकारको जोडीले जितेको छ । फाइनलमा विष्णु गुरुङ्ग र मेजर लक्ष्मीप्रसाद गुरुङ्गको जोडीलाई ४–०, ४–० ले पराजित भए । ओपनतर्फ मेन्स तथा वुमन्स सिंगलमा विजेतले नगद ५० हजार, उपविजेताले नगद २५ हजार तथा सेमिफाइनलिष्टले नगद १०÷१० हजार सहित ट्रफी पुरस्कारस्वरुप प्राप्त गरे । मेन्स तथा वुमन्स डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमिफाइनलिष्टले नगद ५÷५ हजार सहित ट्रफि पुरस्कार स्वरुप पाएका छन् ।

३५ वर्ष माथिको एकल विजेताले नगद ५० हजार तथा उपविजेताले नगद २५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् भने ३५ वर्ष माथिको डबल्स विजेता खेलाडीले नगद १५ हजार तथा उपविजेता खेलाडीले नगद ८ हजार सहित ट्रफी पुरस्कार थापे । ४५ वर्ष माथि एकल विजेताले नगद २० हजार तथा उपविजेताले नगद १० हजार सहित ट्रफी पुरस्कार हात थापेसोही उमेर समुहमा डबल्स विजेताले १५ हजार र उपविजेताले नगद ८ हजार रुपैयाँ सहित ट्रफी पुरस्कार प्राप्त गरेका छन् । ५५ वर्ष माथिको एकलतर्फ विजेतलाई नगद २० हजार तथा उपविजेतालाई नगद १० हजार सहित ट्रफीबाट सम्मानित गरिएको थियो । उनीहरुलाई मुख्य प्रायोजक माछापुच्छ«े बैंकका गण्डकी प्रमुख भुवनसिंह खत्री, टेनिस प्रशिक्षक शरद लामा, कास्की जिल्ला टेनिस संघका निवर्तमान अध्यक्ष विनोद कायस्थ लगायतले पुरस्कार वितरण गरेका थिए ।

kheladinews.com