दार्चुलाका मेयर युवतीसहित डान्सबारबाट पक्राउ

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा एक मेयर मध्यराति युवतीसहित डान्सबारबाट पक्राउ परेका छन् ।

दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामीलाई महेन्द्रनगर बजारस्थित ब्लू डान्सबारबाट युवतीसहित पक्राउ गरिएको हो ।

मध्यरातमा डान्सबारमा युवतीसहित मदिरा पिएर होहल्ला गरेको आरोपमा धामीलाई पक्राउ गरेर सम्झाई बुझाई छोडिएको प्रहरीले जनाएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका स्थायी घर भएका धामी नेपाली कांग्रेसबाट दार्चुलाको शैल्य शिखर नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।