नेपाल बैंकका पूर्व शाखा प्रबन्धक पक्राउ

नेपाल बैंक डिल्लीबजार शाखाका पूर्वप्रबन्धक भूपराज कोइराला पक्राउ परेका छन्।

नेपाल बैंक केन्द्रीय कार्यालयको जाहेरीपछि कोइराला पक्राउ परेका हुन् ।

सोलुखुम्बु सल्यान गाउँपालिका(१ का कोइरालालाई बैंकलाई नभएको दायित्व सिर्जना गरेर अनुचित लाभ लिएको आरोपको जाहेरी परेपछि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

पक्राउपछि उनलाई उच्च अदालत पाटनबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।