अज्ञात समुहद्धारा २ वडा कार्यालयमा आगजनी

नवलपुर र कपिलवस्तुका २ वडा कार्यालयमा अज्ञात समुहद्धारा गएराति आगजनी भएको छ ।

पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको १४ वडा कार्यालय र कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा गएराति आगजनी भएको हो ।

आगजनीबाट कावासोती नगरपालिकाको १४ वडा कार्यालयका फर्निचरलगायतका सामग्री जलेको प्रहरीले जनाएको छ ।

कपिलवस्तुको यशोधरा गाउँपालिका–३ नम्बर वडा कार्यालय आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको गाउँपालिकाकी उपाध्यक्ष कन्यावती उपाध्यायका जानकारी दिएकी छिन् ।

दुवै स्थानमा कसले आगजनी गरायो भन्ने बिषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।