गणेश पुराणका अनुसार चतुर्थी तिथि भगवान गणेशका लागि समर्पित छ । हरेक महिना २ वटा चुतर्थी तिथि आउँछन्, एउटा कृष्णपक्षमा र अर्को शुक्लपक्षमा ।
कृष्णपक्षको चतुर्थीलाई संकष्टि चतुर्थी भनिन्छ भने शुक्ल पक्षको चतुर्थीलाई विनायक चतुर्थी भनिन्छ । यस वर्ष पुस महिनाको विनायक चतुर्थी पुस १४ गते सोमबार परेको छ । यस दिन मनोकामना पूरा गर्नका लागि गणेश भगवानको पूजा गरेर ब्रतसमेत बस्ने प्रचलन छ ।
पूजा कसरी गर्ने ?
बिहान चाँडै उठेर नुहाउनुहोस् र सफा लुगा लगाउनुहोस् । त्यसपछि पूजा र दिनभरी ब्रत बस्ने संकल्प लिनुहोस् । त्यसपछि सुगन्धित वस्तुले भगवानको पूजा र आरती गर्नुहोस् ।
पूजा गर्ने बेला ॐ गं गणपतय नमः मन्त्र जप्नुहोस् । त्यसपछि गणेशको मूर्तीलाई अबेर केसरीले पूजा गर्नुहोस् । गणेशजीलाई २१ वटा दुबो चढाउनुहोस् ।
त्यसपछि लड्डुको भोग पनि लगाउनुहोस् । त्यसपछि ब्राह्मणलाई भोजन गराएर दक्षिणा दिनुहोस् । बेलुका पुनः गणेश भगवानको पूजा र आरती गर्नुहोस् । त्यसपछि खाना खानुहोस् ।

विनायक चतुर्थीको महत्व
विनायक चतुर्थीको दिन ब्रत बस्दा र यस दिन गणेश भगवानको उपासना गर्दा घरमा सुख समृद्धि, आर्थिक सम्पन्नताका साथै ज्ञान र बुद्धि प्राप्त हुन्छ । चतुर्थीमा भगवान गणेशको पूजाले सबै कार्य सिद्ध हुन्छ र सबै मनोकामना पूरा हुने जनविश्वास छ ।
कथा
शिव पुराण अन्तर्गतको रुद्रसंहिताको चतुर्थ (कुमार) खण्डमा यो वर्णन छ कि माता पार्वतीले स्नान गर्नु भन्दा पहिले आफ्नो मयल निकालेर एक बालक उत्पन्न गरेर उसलाई आफ्नो द्वारपाल बनाइन् । शिवजीले प्रवेश गर्न लाग्दा बालकले उनलाई रोके ।
यसमा शिवगणहरूले बालकसँग भयंकर युद्ध गरे तर संग्राममा उसलाई कसैले पनि पराजित गर्न सकेनन् । अन्ततोगत्वा भगवान शंकरले क्रोधित भएर आफ्नो त्रिशूलले उन बालकको टाउको काटी दिए । यसले भगवती शिवा क्रुद्ध भइन् र प्रलय गर्ने विचार गरिन् । भयभीत देवताहरूले देवर्षि नारदको सल्लाहमा जगदम्बाको स्तुति गरेर उनलाई शान्त गरे ।

शिवजीको निर्देशमा विष्णुजीले उत्तर दिशामा सबै भन्दा पहिले भेटिएको जीव (हात्ती) को टाउको काटेर ल्याए । मृत्युंजय रुद्रले गजको उस मस्तकलाई बालकको शरीरमा जोडेर उसलाई पुनर्जीवित गरे । माता पार्वतीले हर्षिताका साथ उन गजमुख बालकलाई आफ्नो हृदयमा लगाइन् र देवताहरूमा अग्रणी भएको आशीर्वाद दिइन् ।
ब्रह्मा, विष्णु, महेशले उन बालकलाई सर्वाध्यक्ष घोषित गरेर अग्रपूज्य हुने वरदान दिए । भगवान शंकरले बालकलाई भने, गिरिजानन्दन ! विघ्न नाश गर्नमा तिम्रो नाम सर्वोपरि हुनेछ । तिमी सबैको पूज्य बनेर मेरो समस्त गणहरूको अध्यक्ष हुने छौं ।
गणेश्वर ! तिमी भाद्रपद महिनाको कृष्णपक्षको चतुर्थीको चंद्रमाको उदित भए पछि उत्पन्न भएका छौ । यस तिथिमा व्रत गर्नेको सबै विघ्नहरूको नाश हुनेछ र उसलाई सबै सिद्धिहरू प्राप्त हुनेछन् ।
कृष्णपक्षको चतुर्थीको रात्रिमा चंद्रोदयको समय तिम्रो पूजा गरे पश्चात् व्रती चन्द्रमाको अर्घ्य दिएर ब्राह्मणलाई मिष्ठान खुवाओस् । तदोपरान्त आफू पनि मीठाइ भोजन गरोस् । वर्षपर्यन्त श्रीगणेश चतुर्थीको व्रत गर्नेको मनोकामना अवश्य पूर्ण हुन्छ ।
अन्य कथा
उत्सवमा एक गणेश प्रतिमा विसर्जनको लागि लैजाँदा खेरि। एक पल्ट महादेवजी पार्वती सहित नर्मदाको तटमा गए । वहाँ एक सुन्दर स्थानमा पार्वती जीले महादेवजी सँग पासा खेल्ने इच्छा व्यक्त गरिन् ।
तब शिवजीले भने, हाम्रो हार-जीतको साक्षी को हुनेछ ? पार्वतीले तत्काल वहाँ घासका तेन्द्राहरू बटुलेर एक पुतला बनाइन् र उसमा प्राण-प्रतिष्ठा गरेर उसलाई भनिन्, बाबु ! हामी पासा खेल्न चाहन्छौं, किन्तु यहाँ हार-जीतको साक्षी कोही छैन । अतः खेलको अन्तमा तिमी हाम्रो हार-जीतको साक्षी भएर भन्नु कि हामीमा कसले जीत्यो, को हार्यो रु
खेल आरम्भ भयो । दैवसंयोग तिनै पल्ट पार्वती जीले नै जीतीन् । जब अन्तमा बालक देखि हार-जीतको निर्णय गराइयो त उनले महादेवजीको विजय भने । परिणामतः पार्वती जीले क्रुद्ध भएर उसलाई एक खुट्टाको लङ्गडो हुने र वहाँको हिलोमा परिरहने र दुःख भोग्ने श्राप दिइन् ।
बालकले विनम्रता पूर्वक भने, आमा ! मेरो अज्ञानवश यस्तो भएको छ । मैले कुनै कुटिलता या द्वेषको कारण यस्तो गरेन । मलाई क्षमा गर्नुहोस् तथा श्रापदेखि मुक्तिको उपाय बताउनुहोस् ।
तब ममतारूपी आमाको मनमा दया आयो र उनले भनिन्, यहाँ नाग-कन्याहरू गणेश-पूजन गर्न आउने छन् । उनको उपदेशदेखि तिमी गणेश व्रत गरेर मलाई प्राप्त गर्ने छौं । यति भनेर उनि कैलाश पर्वत गईन् ।

एक वर्ष पछि वहाँ श्रावणमा नाग-कन्याहरू गणेश पूजनको लागि आईन् । नाग कन्याहरूले गणेश व्रत गरेर उस बालकलाई पनि व्रतको विधि बताए । तत्पश्चात बालकले १२ दिनसम्म श्रीगणेशजीको व्रत गर्यो ।
तब गणेशजीले उसलाई दर्शन दिएर भने, म तिम्रो व्रत देखि प्रसन्न छु । मनो वांछित वर माँग । बालकले भन्यो, भगवान ! मेरो खुट्टामा यति शक्ति देउ कि म कैलाश पर्वतमा आफ्नो माता-पिता नजीकै पुग्न सकुँ र उनि ममा प्रसन्न होउन् ।
गणेशजी तथास्तुु भनेर अंतर्धान भए । बालक भगवान शिवको चरणहरूमा पुग्यो । शिवजीले उसलाई वहाँसम्म पुग्ने साधनको बारेमा सोधे । तब बालकले सारा कथा शिवजीलाई सुनायो । उता त्यसै दिनदेखि अप्रसन्न भएर पार्वती शिवजीदेखि पनि विमुख भएकी थिइन् ।
तदुपरांत भगवान शंकरले पनि बालकको तरिका २१ दिन पर्यन्त श्रीगणेशको व्रत गरे, जसको प्रभावले पार्वतीको मनमा स्वयं महादेवजीदेखि मिलनको इच्छा जाग्रत भयो।
शीघ्र नै कैलाश पर्वतमा आइन् । वहाँ पुगेर पार्वतीजीले शिवजीलाई सोधिन्, भगवान ! तपाईंले यस्तो कुन उपाय गर्नुभयो जसको फलस्वरूप म तपाईंको नजीक दौडेर आएँ । शिवजीले गणेश व्रतको इतिहास उनलाई भने ।
तब पार्वतीजीले आफ्नो पुत्र कार्तिकेयसँग भेट्ने इच्छाले २१ दिन पर्यन्त २१-२१ को संख्यामा दूबो, पुष्प तथा लड्डुहरूले गणेशजीको पूजन गरिन् । एक्काइसौं दिन कार्तिकेय स्वयं नै पार्वतीजीसँग आएर मिले । उनले पनि आमाको मुखदेखि यस व्रतको माहात्म्य सुनेर व्रत गरे ।
कार्तिकेयले यही व्रत विश्वामित्रजीलाई भने । विश्वामित्रजीले व्रत गरेर गणेशजीसँग जन्मले मुक्त भएर ब्रह्म-ऋषि हुने वर माँगे । गणेशजीले उनको मनोकामना पूर्ण गरे । यस्तो हो श्री गणेशजी, जुन सबैको कामनाएँ पूर्ण गर्छन् ।
तेश्रो कथा
एक पल्ट महादेवजी स्नान गर्नको लागि भोगावती गए । उनी गएको पश्चात पार्वतीले आफ्नो शरीरको मैल निकालेर एक पुतला बनाइन् र उनको नाम गणेश राखिन् । पार्वतीले उनलाई भनिन्, हे पुत्र ! तिमी एक मुगदल (गदा) लिएर ढोकामा बस । म भित्र गएर स्नान गर्छु जबसम्म म स्नान न गरुँ, तबसम्म तिमी कुनै पनि पुरुषलाई भित्र आउन नदिनु ।
भोगावतीमा स्नान गरेर जब भगवान शिवजी आए तब गणेशजीले उनलाई द्वारमा रोके यसलाई शिवजीले आफ्नो अपमान बुझे र क्रोधित भएर उनको टाउको शरीरबाट छुटुटाएर भित्र गए । पार्वतीले उनलाई बेखुस देखेर सोचिन् कि भोजनमा विलम्ब भएको कारण महादेवजी बेखुश छन् । यसैले उनले तत्काल दुइ थालहरूमा भोजन पस्किएर शिवजीलाई बोलाइन् ।

तब दोश्रो थाल देखेर तनिक आश्चर्यचकित भएर शिवजीले सोधे, यो दोश्रो थाल कसको लागि हो रु पार्वती जीले भनिन्, पुत्र गणेशको लागि हो, जुन बाहिर द्वारमा पहरा दिइरहेको छ ।
यो सुनेर शिवजी बढी आश्चर्यचकित भए । तपाइँको पुत्र पहरा दिइ रहेको छ ? हाँ नाथ ! के तपाईंले उसलाई देख्नु भएन ? देखेको त थिएँ, उसले मलाई रोकेपछि उसलाई कुनै उद्दण्ड बालक बुझेर मैले उसको टाउको काटी दिएँ ।
यो सुनेर पार्वती जी धेरै दुःखी भइन् । उनि विलाप गर्न लागिन् । तब पार्वती जीलाई प्रसन्न गर्नको लागि भगवान शिवले एक हात्तीको टाउको काटेर बालकको शरीरमा जोडी दिए ।
पार्वती जी यस प्रकार पुत्र गणेशलाई पाएर धेरै प्रसन्न भइन् । उनले पति तथा पुत्रलाई प्रीतिपूर्वक भोजन गराएर त्यस पछि स्वयं भोजन गरिन् ।






