वार्षिकोत्सवमा सेरा जागृतिले दियो न्यानो कपडा

सेरा जागृति आमा समूहले आफ्नो चौथों वार्षिकोत्सवमा मानवीय सेवा अभियानलाई न्यानो कपडा हस्तान्तरण गरेको छ । समूहकी अध्यक्ष विष्णुमाया पौडेलले अभियानकी अध्यक्ष शुष्मा पौडेललाई कपडा हस्तान्तरण गरेकी हुन् ।

सेरा जागृतिका सदस्य र अन्य शुभेच्छुकबाट ती कपडा संकलन गरिएको हो । पोखरा १७ का वडा सचिव ईश्वरप्रसाद पोखरेल २ जना विद्यार्थीलाई विद्यालय पोशाक किन्ने रकम अभियानलाई हस्तान्तरण गरे । उनले अभियानमा जोडिन पाउँदा खुसी लागेको उल्लेख गर्दै मानवीय सहयोग र सद्भावले नै समाज समुन्नत हुने बताए ।

अभियानकी अध्यक्ष शुष्मा पौडेलले मनकारीले गरेको सहयोग लक्षित वर्गसम्म लैजाने बताइन् । उनले भनिन्, अभाव र आवश्यकता भएका ठाउँमा पुग्छौं । यहाँहरुको सहयोग सधै अपेक्षा गर्दछौं ।

समूहकी विष्णुमाया पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा नेतृ मनुमाया खत्री, अभियानका उपाध्यक्ष मेघनाथ श्रेष्ठ, हरि पोखरेल लगायतले बोलका थिए ।