वसन्तकेशव रहेनन्

पोखरा वृद्धाश्रमका अध्यक्ष वसन्तकेशव पराजुलीको आइतबार निधन भएको छ । ८२ वर्षीय पराजुलीको उपचारका क्रममा जिएमसी मेडिकल कलेजमा निधन भएको हो । उनी दमबाट पीडित थिए ।

अढाइ दशक शिक्षण गरेका पराजुलीले २३ वर्ष पोखरा वृद्धाश्रममा सेवा गरेका थिए । उनका ३ छोरा गृष्मकेशव, वर्षाकेशव र शिशिरकेशव र ३ छोरी रैना, बैजयन्ति र चन्द्रमा छन् । सोमबार बिहान पोखरा वृद्धाश्रम सीतापाइलामा श्रद्धाञ्जलीसभापछि शबयात्रा गरिने पारिवारिक स्रोतले जनाएको छ ।

पराजुलीको भोलि अपरान्ह नै ढुंगेसॉंघु घाटमा दाहसंस्कार गरिने भएको छ। पोखरा वृद्धाश्रमका कार्यवाहक अध्यक्ष कुशुमकेशव पराजुलीले श्रद्धाञ्जलीसभा र शबयात्रामा सहाभागी हुन वृद्धाश्रमका आजीवन सदस्य, साधारण सदस्य र शुभेच्छुकलाई आग्रह गरेका छन् ।