साथी नेपालको अध्यक्षमा रमेश

साथी नेपाल पोखराको अध्यक्षमा रमेश खड्का निर्वाचित भएका छन् । शनिबार भएको १६ औं साधारणसभा तथा आठौं अधिवेशनले खड्काको नेतृत्वमा सर्वसम्मत ७ सदस्यीय समिति निर्वाचित गरेको हो ।

उपाध्यक्षमा दिलीप गुरुङ, सचिवमा माया गुरुङ र कोषाध्यक्षमा प्रमिला तझ्या निर्वाचित भएकमा छन् । सदस्यहरुमा जुनाकुमारी गुरुङ, मनोज गुरुङ र नवराज गुरुङ छन् ।

साधारणसभाले कोषाध्यक्ष प्रमिला तझ्या र सचिव माया गुरुङले पेस गरेका आर्थिक तथा वार्षिक प्रतिवेदन पारित गरेको छ । कार्यक्रम लीलाबहादुर गुरुङको अध्यक्षतामा भएको हो ।

साथी नेपाल २०५९ सालमा स्थापना भएको हो । यसले बालबालिकाको शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा काम गर्दै आएको छ । २०७६ मा यसले २ हजार ५ सय भन्दा बढी विद्यार्थीलाई शैक्षिक सहयोग गरेको छ ।