पोखराका उदयमान टेनिस खेलाडीद्वय निहालजंग बहादुर थापा र काठमाडौंका प्रशिद मोक्तान कतारको दोहा प्रस्थान गरेका छन् ।
कतारको राजधानी दोहामा आयोजना हुने कतार ओपन यु–१४ टेनिस प्रतियोगितामा सहभागी हुन उनीहरू दोहा प्रस्थान गरेका हुन् ।
उनीहरूका साथ नेपाल टेनिस एसोसिएशनका वरिष्ठ कोच कृष्णराज घले पनि कतार गएका छन् । यो अन्तर्राष्ट्रिय स्तरको टुर्नामेन्टमा नेपालसहित भारत, हङकङ, बहराइन, श्रीलंका, कतार लगायतका देशको सहभागिता रहनेछ ।
२०१९ डिसेम्बर ३० देखि २०२० जनवरी ३ सम्म सञ्चालन हुने उक्त खेलका खेलाडीहरू र कोचलाई शनिबार एक कार्यक्रमबीच टेनिस एसोसिएसनको केन्द्रीय कार्यालय काठमाडौंबाट एसोसिएसनका सदस्य अजय विष्टले बिदाई गरे ।




