स्टाफ नर्स बन्द कोठामा मृत फेला

कैलालीको धनगढीमा एक जना स्टाफ नर्स आफ्नै कोठामा मृत भेटिएकी छन्।

धनगढी ५ हसनपुरमा डेरा गरी बस्दै धनगढीको निसर्ग र नवजीवन अस्पतालमा काम गर्ने २० वर्षीया सुनम ऐर आइतबार मृत अवस्थामा भेटिएकी हुन्।

अबेर सम्मकाममा नआएपछि उनको खोजी गर्ने क्रममा भित्रबाट ढोकाबन्द गरेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।