विप्लवका एक दर्जन बढी कार्यकर्ता पक्राउ

काठमाडौंबाट नेत्रविक्रम चन्द विप्लव समूहका एक दर्जन बढी कार्यकर्ता पक्राउ परेका छन् ।

आइतबार काठमाडौं प्रदर्शनमार्गमा सरकार विरोधी कार्यक्रम गरिरहेका बेला उनीहरु पक्राउ परेका हुन् ।

विप्लव समूह निकट विद्यार्थी अखिल क्रान्तिकारीको आयोजनामा कालापानी, लिपुलेकलगायतका भूभागलाई भारतले आफ्नो नक्साभित्र पारेको विरोधमा प्रदर्शनको तयारी भइरहेको बेला उनीहरुलाई पक्राउ गरि छानबिन अगाडी बढाएको प्रहरीले जनाएको छ ।