एकाइसौं लघुकथा वाचन

लघुकथा प्रतिष्ठान पोखराको नियमित लघुकथा वाचन एकाइसौं शृंखला सम्पन्न भएको छ । विष्णु अल्पविरामको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा लघुकथाकार लक्ष्मण थापा, विष्णु बास्तोला, गीता तिवारी, जनार्दन दाहाल, वेणु खतिवडा, कल्याण पन्त, अल्पविराम, भाष्कर लगायतले वाचन गरेका थिए ।

त्यस अवसरमा पोखरा बाहिरका लघुकथाकार खेमराज पोखरेल (नारी दिवस), राजु क्षेत्री अपुरो (चोरी),कृष्ण बजगाइँ (योग्यता) र गंगा आचार्य (घटना) का कथा समेत वाचन गरिएको थियो । सो प्रतिष्ठानले आख्यान क्षेत्रमा लघुकथा लेखन तथा वाचनको उन्नयन गर्ने उद्देश्यले २ वर्ष अघिदेखि पोखरामा नियमित कार्यक्रममा गर्दै आइरहेको छ ।

समीक्षक प्रा.डा भवानीप्रसाद पाण्डेले सो प्रतिष्ठानद्वारा नियमित रुपमा वाचन भएका लघुकथा पोखरामा सशक्त हुँदै गएको र अन्य गद्य लेखकहरुका लागि पनि यो उदाहरणीय भएको बताए । लघुकथालाई स्थापित गर्ने उद्देश्यले केही समयदेखि लागिपरेका पोखरेली युवाहरुले यसको माध्यमबाट पनि पोखराको पहिचान दिनुपर्ने आवश्यकता रहेको पाण्डेले बताए ।

पोखरामा लघुकथा प्रतिष्ठान पोखरा गठन भए यता हरेक हप्ताको दोस्रो शनिवार लघुकथा वाचन हुदैँ आएको छ । सो नियमित लघुकथा वाचन कार्यक्रम सचिव कल्याण पन्तले सञ्चालन गरेका थिए ।