आज सुनको मूल्य कति ?

साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ।  साताको अन्तिम दिन शुक्रबार तोलामा ७३ हजार ३०० रुपैयाँ मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ७३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

चाँदी भने तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा ८९० रुपैयाँमा कारोबार भएको थियो ।