पौष १३ गते २०७६

ताजा समाचार

पौष १३ गते २०७६

मुख स्वास्थ्य भनेको के हो ?



मानिसको मुख सम्पूर्ण स्वास्थ्यको मूल ढोका हो । तर, मुख स्वास्थ्य भन्नाले मुखभित्र मात्रै देखिने समस्या होइन । यसमा अनुहार पनि पर्छ ।

मान्यतया उपचारका लागि स्वास्थ्यकर्मी कहाँ शरीर तथा पेट उपचार गर्न जाँदा डाक्टरले मुख आँ गर भन्छन् । जिब्रो तान्न लगाउँछन्, त्यसपछि मुखमा लाइट बालेर र्हेछन् । किनभने मुख सम्पूर्ण शरीरको ऐना हो ।

जस्तै मुटुकोे बिरामी भएको मानिसमा अनुहारमा कालोपना आउनका साथै अर्कै खालको रङ पनि देखिन्छ । जस्तै जन्डिस भएको छ भने पनि अनुहार पेहेँलो देखिन्छ । बिरामी भएर अस्पताल जाँदा जिब्रो अनुहार आँखामा हेर्ने गरिन्छ । देखिने अरु अङ्ग सबै छोपिएको हुन्छ । त्यसैले अनुहार वा मुख भनेको संवेदनशील हुन्छ ।

मानिसले जन्मपछि मुखबाट शरीरलाई चाहिने आवश्यक कुरा प्राप्त गर्छ । यदि मुखलाई मात्रै नियन्त्रण गर्न सक्यौँ भने वा मुख स्वास्थ्यलाई हेरचाह गर्न सकेमा त्यसले सम्पूर्ण स्वास्थ्य स्वस्थ राख्न सक्छ । जसको दाँत सबल उसको जीवन सफल । जसको दाँत दारो उसको आँत दरो ।

मुख स्वास्थ्यलाई ख्याल नगर्दा क्रमशः शारीरिक रूपमा कमजोर हुँदै जान सक्छन् । दोस्रो गर्भवती महिला छन् भने बच्चा कमजोर भएर जन्मन सक्छ । मुख स्वास्थ्यको ख्याल नगर्दा हाडजोर्नीको समस्या हुन सक्छ । उच्च रक्तचाप, मधुमेह, मुटु र फोक्सोसम्बन्धी रोग लाग्न सक्ने सम्भावना हुन्छ ।

सामान्यतया मुखमा के हुन्छ भने सामाजिक रूपमा देखिने पाटो भनेको दाँत किराले खाने, गिजाको समस्या जस्तै गिजा सुनिने, गिजाबाट रगत आउने, मुख गनाउने र मुखमै क्यान्सर जस्ता रोेग लाग्न सक्छन् ।

मुख स्वास्थ्य को छविको परिणाम"

५ वर्षदेखि १६–१७ वर्षसम्मको मानिसलाई दाँतमा कीरा लाग्ने समस्या, मुखमा घाउ, खटिरा वा मुखसम्बन्धी समस्या बारम्बार हुन्छ भने मुटुको रोग लाग्न सक्छ ।

त्यसैले मुख स्वास्थ्यसम्बन्धी समस्या हुनासाथ सुरुकै अवस्थामा हेरचाह गर्नुपर्छ । मुख बचाउनु भनेको सम्पूर्ण स्वास्थ्य बचाउनु हो ।

मुख स्वास्थ्यको हेरचाह भनेको सम्पूर्ण स्वास्थ्यको हेरचाह गर्नु हो । त्यसैले मुख स्वास्थ्य र यसको महत्त्व के हो भनेर जनमानसमा चेतना फैलाउन आवश्यक छ ।