भारतको प्रतिष्ठित विश्वविद्यालयमा भुत विद्या

भारतको प्रतिष्ठित बनारस हिन्दु विश्वविद्यालय९बिएचयु० ले भूत देखेको वा भूत लागेको बताउने व्यक्तिहरुको उपचार गर्ने कोर्समा पढाइ हुने भएको छ। काशी हिन्दु विश्वविद्यालय नामबाट समेत परिचित ‘बिएचयु’मा चिकित्सकहरुलाई जनवरीदेखि ‘भूत विद्या’ विषयमा ६ महिने कोर्स पढाउने तयारी गरिएको हो।

‘साइकोसोमेटिक डिसअर्डर’सँग सम्बन्धित रहेर चिकित्सकहरुलाई ‘भूत विद्या’ विषयमा कक्षा दिइनेछ। प्राचीन हिन्दु प्रणालीबाट औषधि र रोग निको पार्ने तरिकामा दख्खल राख्ने आयुर्वेदका प्रशिक्षकहरुबाट यस विषयमा अध्यापन हुनेछ।

आयुर्वेद विषयका डिन यामिनी भूषण त्रिपाठी भन्छिन्,’ भूत विद्याले मुख्यतया मानसिक समस्याहरुको सामना गर्दछ। ती समस्याहरु अज्ञात कारणसहित अस्थिर मन र मानसिक रोगका कारण हुन सक्छन्।’

उनले यस विषयको पढाइबाट चिकित्सकहरुका लागि भूतसँग सम्बन्धित रोगहरुलाई आयुर्वेदको सहयोगबाट उपचार गर्न सक्ने बताइन्। आयुर्वद थेरपीमा हर्बल मेडिसिन, खानपानमा परिवर्तन, मसाज, श्वासप्रश्वासका साथै योगहरु हुने गर्छ। भारतका ग्रामीण क्षेत्रमा अहिले पनि सामान्य समस्याका साथै मानसिक रोगको उपचारका लागि धामीझाँक्री गुहार्न पुग्ने क्रम जारी रहेको छ।

तर, भूत विद्याको पढाइलाई लिएर केही चिकित्सिकले प्रश्न उठाएका छन्। डा। भूषण शुक्लाले आयुर्वेदको माध्यमबाट भन्दा औषधि र रिह्याबको माध्यमबाट मानसिक रोगको उपचार हुन सक्ने तर्क अघि सारेका छन्।

”बीएचयु’ ले के भूत साँच्चै हुन्छ भनेर प्रमाणित गर्न खोजेको होरु’, ‘आयुर्वेदबाट मानसिक रोगको उपचार हुन राम्रो हो। तर समस्या भूत विद्या भन्ने नाममा छ’, भन्दै ट्वीटर प्रयोगकर्ताहरुले कोर्सको नामलाई लिएर प्रश्न गर्न थालेका छन्।