चीनको गेन्हे शहरको पोल अफ कोल्ड क्षेत्रको बर्फिलो क्षेत्रमा भएको म्याराथुनमा करिब ६०० धावक दौडिए ।
यो क्षेत्र बर्फिलो मैदानको नामले चिनिन्छ । दौडको दौरान यहाँको तापक्रम माइनस ५२ डिग्री सेल्सियस थियो ।
यही कारणले बरफ मैदानमा दौडको दौरान धावकहरुको अनुहार र शरिरमा बरफको पत्र जमेको थियो । चिसोबाट बच्नको लागि धावकहरु बाक्लो कपडा लगाएर आएका थिए । आयोजकहरुका अनुसार दौडा हरेक वर्ष हुने गर्छ ।




