विप्लव नेतृ उमा भुजेल पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका मेची कोसी ब्युरो इन्चार्ज उमा भुजेल सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले प्रतिबन्धित नेकपाकी मेची कोसी ब्युरो इन्चार्ज उमा भुजेल र मोरङ इन्चार्ज नरेश चौलागाइँलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मेची कोसी ब्युरो कार्यालय सचिव सुमन सिंह पनि छन् ।