पिपिएल फाइनल : व्याटिङ गर्दै पारस खड्काको टीम

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेटको फाइनलमा चितवन टाइगर्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

चितवन नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको कप्तानीमा मैदान उत्रिन लागेको हो ।

बिराटनगरले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि चितवनले पहिला ब्याटिङको निम्तो पाएको हो । पोखरा रंगशालामा खेल अहिले सुरु भएको छ । दुबै टोली उपाधि कब्जा गर्ने लक्ष्यमा छन् ।