सन्दिपले लिए विकेट

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) अन्तर्गत मेलबर्न स्टार्सको तेस्रो खेलमा एक विकेट लिएका छन् । उनले एडिलेइड स्ट्राइकर्सविरुद्धको खेलमा एक विकेट लिएका हुन् ।

छैटौं ओभर बलिङ गर्न आएका सन्दीपले आफ्नो पहिलो ओभरको चौथो बलमा माथे सर्टलाई बोल्ड आउट गरका हुन् । तीन ओभर बलिङ गरेका सन्दीपले १५ रन खर्चेर एक विकेट लिएका हुन् ।

टस जितेर पहिले बलिङ गरेको मेलबर्नले १ सय ७५ रनको लक्ष्य पाएको छ । मेलबर्नले अघिल्ला दुई खेलमा ब्रिसबेन हिट र होबर्ट हुरिकान्सलाई सहजै हराएको थियो ।