सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै विभागीय टिम त्रिभुवन आर्मी क्लबले दोस्रो जित हात पारेको छ।
शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा आर्मीले हिमालयन शेर्पा क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको आर्मीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै खेलको ५७औं मिनेटमा कप्तान भरत खवासले गोल गर्दै आर्मीलाई १–० गोलको अग्रता दिलाए। खेलको ६१औं मिनेटमा आर्मीका लागि टेक बहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई २–० गोलको जित दिलाएका हुन्।
३ खेलबाट २ खेलमा जित र १ खेलमा हार ब्यहोर्दै ६ अंक बनाएको आर्मीले यो जितसँगै लिगको तेस्रो स्थानमा उक्लिएको छ।




