मकवानपुरमा जीप दुर्घटना हुँदा ३ को मृत्यु ६ घाइते

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ स्थित रामचन्द्र भञ्ज्याङमा शुक्रबार जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना१ज ३४३३ नम्बरको जीप रामचन्द्र भञ्ज्याङको पाटेखोलामा खस्दा १ जना महिला र २ जना पुरुषको मृत्यु भएको छ भने जीपका चालकसहित ५ जना पुरुष र १ जना महिला घाइते भएका छन् ।

प्रहरीको टोली उद्धार कार्यमानै व्यस्त रहेकाले मृतकको पहिचान गर्न र दुर्घटना कसरी हुन पुग्यो भन्नेबारेमा अहिले नै भन्न नसकिने मकवानपुर प्रहरीले जनाएको छ।