सिद्धबाबाको आज थुनछेक बहस हुँदै

अनुयायी बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई शुक्रबार बयानका लागि जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएको छ ।

गिरीविरुद्धको मुद्दा विहीबार सुनसरी जिल्ला अदालतमा पेस भएको छ  । उनको बिहिबार देखि जारी रहेको बयान नसकिएकाले आज पनि बयान भइरहेको र बयान सकिए पछि आजै थुनछेक बहस हुने बताइएको छ ।

थुनछेक बहसमा सादा तारेख वा धरौटीमा छाड्ने वा पुर्पक्षको लागि थुनामा राखी कारवाही गर्ने भन्ने बारे फैसला हुनेछ । कृष्णदासको समर्थकहरु उनको पक्षमा फैसलाको लागि दबाब दिन अदालत अगाडि भेला भएका छन् ।

उता कृष्णदासलाई सजाय माग गर्दै पनि महिला अधिकारवादीहरुले धर्ना दिइ रहेका छन् । शुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर अदालत परिसरमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

महिला अनुयायीमाथि करणी गरेको आरोप लागेपछि कृष्णदासलाई गत मंसिर १६ गते पक्राउ गरिएको थियो ।उनलाई पहिलो पटक ७ दिनको, दोस्रो पटक ४ दिनको र तेस्रो पटक ३ दिन चौथो पछिल्लो पटक ७ दिनको र पाँचौं पटक ३ दिनको म्याद थपिएको थियो।