फोहोर बोकको मिनीट्रक दुर्घटना हुँदा २ को मृत्यु

फोहोर बिसर्जन गर्न नुवाकोट सिसडोलमा आउँदै गरेको मिनीट्रक काठमाडौँको तार्केश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान ना२क ३३८ नम्बरको मिनीट्रक अनियन्त्रित भएर दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी चौकी तिनपिप्लेले जनाएको छ ।

ज्यान गुमाएका चालकलाई च्यापिएको स्थानबाट निकाल्न दुर्घटनामा परेको मिनीट्रक नै हटाउनुपर्ने भएकाले डोजर मगाइएको ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडा ९लामा०ले जानकारी दिएकी छिन् ।