बिहिबार नेपाल, भारतलगायत विभिन्न स्थानमा वलय खण्डग्रास सूर्यग्रहण देखियो । नेपाली समयअनुसार बिहान ८ बजेर ४२ मिनेटमा सुरु भई ११ बजेर ३१ मिनेटमा उक्त खण्डग्रास समाप्त भएको थियो ।
सर्वसाधारण ग्रहण हेर्न निकै उत्साहित थिए । त्यस्तै उत्साहित थिए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि । यो कुरा उनी आफैंले भनेका हुन् ।
सूर्यग्रहण हेरको तस्बिर पोष्ट गर्दै उनले ट्वीटरमा लेखे, ‘थुप्रै भारतीय झैं म पनि सन् २०१९ को सूर्य ग्रहण हेर्न उत्साहित थिएँ । तर बादलका कारण देख्न सफल भइनँ । यद्यपि, मैले लाइभ स्ट्रिममार्फत् कोझिकोड (केरल) बाट ग्रहणको झलक देखेँ । ’

Like many Indians, I was enthusiastic about #solareclipse2019.
Unfortunately, I could not see the Sun due to cloud cover but I did catch glimpses of the eclipse in Kozhikode and other parts on live stream. Also enriched my knowledge on the subject by interacting with experts.
मोदीको यो ट्वीटपछि सोसल मिडियामा प्रतिक्रिया आउन बेरै लागेन । कतिले उनको फोटोमा मीम बनाइरहेका छन् भने कति प्रयोगकर्ताले उनले लगाएको चस्माको मूल्य खोजेर यो वेबसाइटको लिंक सेयर गरिरहेका छन् ।
ट्वीटरका एक प्रयोगकर्ताले भने, ‘यदि तपाईं जर्मन सपना बाँचिरहनुभएको छ भने यो जर्मनमार्फत् हेर्नुहोस् । मेब्याक जसको मूल्य भारु १.६ लाख पर्दछ । ’ उनले ह्याशट्याग गर्दै लेखेका छन् ‘ब्रान्डेडफकिर’ ।

Veer Rofl Gandhi 2.0@RoflGandhi_
If you are living a German dream, see it through German sunglasses. Maybach Worth 1.6 Lac #BrandedFakeer
ती प्रयोगकर्ताले तीनवटा फोटो सेयर गरेका छन् । पहिलो फोटोमा मोदीले चस्मामार्फत् बादलतर्फ हेरिरहेको देखिएका छन् ।
दोस्रो फोटोमा प्रयोगकर्ताले चस्मामा बनेको मेब्याक कम्पनीको लोगो देखाए । तेस्रो फोटोमा मेब्याकको मूल्य २ हजार १ सय ५९ डलर बताइएको छ जुन करिब २ लाख ४५ हजार नेपाली रुपैयाँ हो ।
उनको यो ट्वीटमा अन्य प्रयोगकर्ताले पनि आफ्नो प्रतिक्रिया दिएका छन् ।

Veer Rofl Gandhi 2.0@RoflGandhi_
If you are living a German dream, see it through German sunglasses. Maybach Worth 1.6 Lac #BrandedFakeer




