आजको राशिफल (२०७६ पौष ११ गते शुक्रबार)

आजको पञ्चांग
आज मिति २०७६ पौष ११ गते शुक्रबार, इस्वीसंवत डिसेम्वर २७ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ ।

चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज पौषशुक्लपक्षको प्रतिपदा तिथि अहोरात्र रहनेछ । आज पूर्वाषाढा नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा ध्रुव, करणमा बब रहनेछ भने आनन्दादि योगमा प्रवद्र्ध रहनेछ ।

सूर्य धनु राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । आज दिनमान २५ घटि ५१ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ५४ मिनेटमा विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर १५ मिनेटमा हुनेछ ।

आजको राशिफल
मेष : मेष राशि भएकाहरूका आज पनि समय खराव रहनेछ । बिहानको समय झन्झट आइलाग्ने र बिना सित्तिमा संचित धनको नोक्सानी हुन सक्ने देखिन्छ,खराब निर्णय हुन सक्छ,मध्यान्ह पछिको समय भने केहि सुधारित रहनेछ,आफन्त संगको सम्बन्धमा क्रमिक सुधार आउनेछ,आजको लागि शुभ अंक ८,शुभ रंग पहेलो हो भने कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नमस् शिवाय यो मन्त्र ११ पटक जपेर अघि बढे सफलता मिल्नेछ

वृष : वृष राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य राम्रो रहनेछ । फलदायी समय रहनेछ,साथि भाइ इष्ट मित्र सबैको मन जित्न सकिनेछ, तपाइको अनुयायी हरु बढ्नेछन भने नया कामको प्राप्ति पनि हुन सक्ने देखिन्छ,आर्थिक कारोबार सन्तोष जनक रहनेछ, आजको लागि शुभ अंक ७ हो भने शुभ रंग सेतो हो, कुनै काममको थालनी गर्नु अघि देबी भगवतीको स्मरण पूजा र स्तोत्र पाठ गरे निकै सफलता हात लाग्नेछ ।

मिथुन : मिथुन राशि भएकाहरूका लागि आज समय राम्रो रहनेछ । रोकिएका ब्यबसायिक कारोबारमा सुधार आउनेछ,प्रेम सम्बन्ध अझै प्रगाढ हुनुको साथै मन आनन्दित रहनेछ,नया सवारी साधन र बहुमुल्य रत्नहरुको संचिति हुने समय रहेको छ,आजको लागि शुभ अंक ४ शुभ रङ्ग रातो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ सरस्वत्यै नमः मन्त्र जपेर अगाडी बढे उत्तम हुनेछ ।

कर्कट : कर्कट राशिका लागि आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन । परिवेश सामान्य रहे पनि मनको डरले भने सताउनेछ। ठूला व्यक्तिहरूसँग मतभेद रहनेछ। तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। अरूको मुख नताकी कर्मयोगमा लाग्दा फाइदा उठाउन सकिनेछ।

सिंह ः आज सिंह राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । पढाई लेखाइमा आएको लय घट्न सक्छ,शत्रुहरु तपाइँ देखि टाढिन थाल्नेछन,धार्मिक कार्यमा रुची बढ्नेछ भने प्रेम र दाम्पत्य सम्बन्धमा निकटता आउनेछ,हतियार बात निक्सानी हुन सक्छ निकै चनाखो रहनु होला,आजको लागि ६,शुभ रंग सप्तरंगी हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब कुलादेबताको स्मरण र दर्शन पूजा गरेर अगाडी बढे उत्तम हुनेछ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज पनि समय अत्यन्त शुभ छ । घर बाहिर रहेर काम गर्नेहरुको लागि फलदायी समय रहनेछ,खर्च बढेता रमाइलो भेटघाट र घुमघाममा रमाउने दिन रहेको छ, पारिवारिक सम्बन्धमा टकराबको स्थिति आउन सक्छ, धनमाल हराउन सक्छ चनाखो रहनु होला,आजको लागि शुभ अंक ९ हो भने शुभ रंग ध्वासे,र यात्रा गर्नु पुर्ब बगलामुखी भगवतीको सम्झना गरे सफलता मिल्नेछ ।

तुला : तुला राशि भएकाहरूका लागि आज पनि समय अत्यन्तै खराब छ । बिहानको समय झन्झट आइलाग्ने र बिना सित्तिमा संचित धनको नोक्सानी हुन सक्ने देखिन्छ,खराब निर्णय हुन सक्छ,मध्यान्ह पछिको समय भने केहि सुधारित रहनेछ,आफन्त संगको सम्बन्धमा क्रमिक सुधार आउनेछ,आजको लागि शुभ अंक ८,शुभ रंग पहेलो हो भने कुनै काम सुरुवात गर्नु पुर्ब ॐ नमस् शिवाय यो मन्त्र ११ पटक जपेर अगाडीबढे सफलता मिल्नेछ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय अत्यन्तै राम्रो छ । काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। व्यवसायमा लाभ हुनेछ भने चिताएको काममा सफलता पाइनेछ।

धनु : धनु राशिका लागि आज स्वास्थ्यमा एक्कासी समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आज तापइँलाई चोरीको आरोप पनि लाग्न सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ। व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला।

मकर : मकर राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य अनुकुल रहनेछैन । जोखिमपूर्ण कामको जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्ला। काममा चुनौती आउनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ। वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्र लक्ष्यमा पुगिएला। प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले दिनभरि होसियार रहनुहोला।

कुम्भ : कुम्भ राशिका लागि आज पनि समय शुभ छ, स्वास्थ्यमा सुधार आउनेछ । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आँटले कीर्तिमानी दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। व्यवसायमा फाइदा हुनेछ।

मीन : मीन राशि भएकाहरूका लागि आज पनि समय मध्यम खालको छ । तपाइको योजना अनुसार काम हुन सक्ने देखिन्न,बोलीको प्रभाब घट्दो क्रममा रहनेछ,अत्याबस्यक यात्रा गर्नु परेमा मात्र मध्यान्ह अगाडिको समय उचित रहनेछ,आजको लागि शुभ अंक ३,शुभ रंग पहेलो हो भने,कुनै काम सुरुवात गर्नु पुर्ब ॐ मृत्युन्जयाय नमः योमन्त्र २३ पटक जप गरेर अगाडी बढे शुभफल हात लाग्नेछ।

साइत : आज चन्द्रमा वृश्चिक राशिमा रहेकाले उत्तर बाहेक अन्य कुनै पनि दिशाको यात्रा गर्नु ठीक छैन । आज शुक्रबार पश्चिम दिशाको यात्रा गर्नु शुभ मानिंदैन ।

आजको शुभ लाभादि बेला
बिहान ६ः५४ बजेदेखि ८ः२४ बजेसम्म चर बेला
बिहान ८ः२४ बजेदेखि ९ः५४ बजेसम्म लाभ बेला
बिहान ९ः५४ बजेदेखि ११ः२४ बजेसम्म अमृत बेला
दिउँसो ११ः२४ बजेदेखि १२ः५४ बजेसम्म काल बेला
दिउँसो १२ः५४ बजेदेखि २ः२४ बजेसम्म शुभ बेला
दिउँसो २ः२४ बजेदेखि ३ः५४ बजेसम्म रोग बेला
दिउँसो ३ः५४ बजेदेखि ५ः२४ बजेसम्म उद्धेग बेला
दिउँसो ५ः२४ बजेदेखि ६ः५४ बजेसम्म चर बेला

यसमा रोग भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १०ः३० देखि १२ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोट : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)