नेपालदूत , पोखरा
पौष १० गते २०७६
पोखराका स्थापित कलाकार किरण रञ्जितको बिहीबार निधन भएको छ ।
रञ्जित पोखरेली कलाकारको छाता संस्था सिर्जनशील कलाकार समूहका पूर्व अध्यक्ष पनि हुन् । उनी ५७ वर्षका थिए । बिहीबार साँझ हृदयघातका कारण उपचार क्रममा गण्डकी मेडिकल कलेजमा उनको निधन भएको हो ।