कृष्ण र गोबिन्दलाई ह्विलचेयर

शारीरिक रुपमा कमजोरहरुले पनि विश्व इतिहासले नै गर्व गर्ने खालका काम गरेका छन् । उनीहरुलाई जीवन सहज बनाउन अरु मान्छेभन्दा केही सहुलियत, यन्त्र, सहयोग भने चाहिन्छ ।

बिहीबार पोखरा १७ का २ अपांगलाई ह्विलचेयर प्रदान गरिएको छ । वडाध्यक्ष तीर्थराज अधिकारी, वडा सदस्यहरु राधिका शाही योगी, बैकुण्ठ न्यौपाने, तारा सेवा लगायतले कृष्णबहादुर गुरुङ र गोविन्द कार्की ह्विलचेयर प्रदान गरे । समाजसेवी प्रेम थापाको पहलमा स्वालम्बन जीवन पद्धतिले ह्विलचेयर उपलब्ध गराएको हो ।

वडाध्यक्ष अधिकारीले अवसर र जीविकाका लागि केही सुविधा पाए शारीरिक रुपमा फरक क्षमता भएकाहरुले पनि समाजमा ठूलो योगदान गर्न सक्ने बताए ।