१७ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । कास्की जिल्ला टेनिस संघद्वारा प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको पहिलो दिन मेन्स सिंगलतर्फ भएको खेलमा प्रणव खनालले तारामान गरुङलाई ६–०, ६–० ले, संरक्षक भूषण बज्राचार्यले निशान श्रेष्ठलाई ६–०, ६–० ले, निरज गुरुङले समिर क्षेत्रीलाई ६–०, ६–४ ले, राजेन्द्र महर्जनले भिष्म काउछालाई ६–४, ६–४ ले, अनिल शाहिले सुदर्शन सिग्देललाई ६–२, ६–३ ले पराजित गरेका छन् ।
३५ वर्षमाथिको एकलमा नविन श्रेष्ठले केवी लामालाई ६–३, ६–३ ले, सञ्जय श्रेष्ठले अनिल कुमार गुरुङलाई ६–१, ६–० ले, लक्ष्मण लामाले सोम रानालाई ४–६, ६–० र सुपरटाईमा १०–७ ले, विकास गुरुङले अमितसिंह गुरुङलाई ६–०, ६–२ ले, राजन पौडेलले विरेन्द्र लामालाई ४–६, ६–० र सुपरटाईमा १०–८ ले पराजित गरे ।
४५ वर्ष माथिको एकलमा गोपीबहादुर भट्टराईले विष्णुप्रसाद चापागाईलाई ६–२, ६–१ ले, अनुज बाँस्तोलाले हुम आलेलाई ६–४, ६–२ ले, राजु गुरुङ युकेले धरम कोइरालालाई ६–३, ७–५ ले पराजित गरेका छन् ।
विकास गुरुङले विष्णु थापालाई ६–०, ६–१ ले, नारायण पहारीले उत्तम बोगटीलाई ७–६, ७–४, ३–६ र सुपरटाईमा १०–५ ले पराजित गरे ।
त्यस्तै चन्द्र शाहीले मुनेष थापालाई ६–०, ६–२ ले, धरमसिंह लामिछानेले बालकृष्ण गुरुङलाई ६–२, ६–१ ले पराजित गरे ।
३५ वर्ष माथिको डबल्समा सञ्जय श्रेष्ठ र अनिल सेन्चुरीको जोडीले सोम राना र विष्णुप्रसाद चापागाइको जोडीलाई, ४५ वर्ष माथि दोर्जे लामा र अनु जोनको जोडीले पदम गुरुङ र लोकबहादुर गुरुङको जोडीलाई ६–०, ६–३ ले तथा ५५ वर्ष माथिको डबल्समा प्रदिप शाह र राम रानाले सञ्जय श्रेष्ठ र कर्ण तामाङलाई पराजित गरेका छन् ।
५५ वर्ष माथिको एकलमा कर्ण तामाङले सुरेन्द्र माकाजुलाई ६–२, ६–० ले, राजकुमार गुरुङले अब्दुल समादलाई ६–३, ६–१ ले तथा स्मिथ वाल्टरले डियोनम लामालाई ६–१, ६–० ले पराजित गरे ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले गण्डकी प्रदेश सरकारले पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेको बताउँदै पोखरामा खेल पर्यटनको विकासमा टेनिसले महत्वपूर्ण योगदान दिएको उल्लेख गरे ।
संघले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताले स्वस्थ्य नागरिक उत्पादन तथा अनुसाशित समाज निर्माणमा भूमिका निर्वाह गरेको सांसद थापाले बताए ।
सो अवसरमा टेनिसका अग्रज खेलाडी अशोक पालिखेले पोखरामा टेनिसको शुरुवातका दिनहरुको स्मरण गरेका थिए भने नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले पोखरामा टेनिस विकास क्रमका बारेमा प्रकाश पारेका थिए ।
उद्घाटन समारोहमा १३ औं दक्षिण एशियाली खेलकुदमा पदक जितका नेपाली टेनिस खेलाडीहरुको सम्मान गरिएको थियो ।
संघ कास्कीका सचिव नविन चालिसेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक लोक गुरुङले स्वागत मन्तव्य राखेका थिए ।
प्रतियोगितामा मेन्स सिंगल, डबल्स, उमन्स सिंगल डबल्स तथा ३५, ४५, ५५ र ६५ वर्षमाथि मेन्स सिंगल र डबल्सगरि विभिन्न १२ इभेण्टमा प्रतिस्पर्धा हुनेछ ।
रतियोगितामा मेन्स सिंगल, डबल्स, उमन्स सिंगल डबल्स तथा ३५, ४५, ५५ र ६५ वर्षमाथि मेन्स सिंगल र डबल्सगरि विभिन्न १२ इभेण्टमा प्रतिस्पर्धा हुनेछ ।




