आफ्नै भाइको श्रीमती( बुहारी) को हत्या गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् ।
जनकपुरमा उप–महानगरपालिका–२१ कूर्थाका अन्दाजी ४५ वर्षीय श्रीप्रसाद पंजियारलाई जिल्ला प्रहरी कार्यालय धनुषाले घटना पक्राउ गरेको हो ।
बुधवार अपरान्ह श्रीप्रसादले आफ्नै भाइ मिश्रीप्रसाद पंजियारकी ४० वर्षीया श्रीमती रानी देवी पंजियारलाई धारिलो हतियार प्रयोग गरी सख्त घाइते बनाएका थिए। घाइते रानीको प्रादेशिक अस्पताल जनकपुरमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।
मृतक रानीका श्रीमान् मिश्री पंजियार वैदेशिक रोजगारीमा छन्। आर्थिक लेन देन तथा घर जग्गाको विवादकाकारण बुहारीको हत्या गरेको प्रहरीले जनाएको छ ।




