सुनील धमलाको अर्धशतक पूरा

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेटमा अहिले फाइनल प्रवेशका लागि बुटवल बलास्टर्स र विराटनगर टाइटान्सले प्रतिस्पर्धा गरिरहेका छन् ।

पोखरा रंगशालामा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरका लागि सुनील धमलाले अर्धशतक पूरा गरे ।

विराटनगरका लागि ४८ बल खेलेका उनले ४ चौका र २ छक्काको सहयोगमा अर्धशतक पूरा गरेका हुन् ।

बिहीबारको खेलमा जित निकाल्दै दुवै टोली फाइनलमा स्थान बनाउने योजनामा छन् ।

यसअघि चितवन राइनोजले फाइनलमा स्थान बनाइसकेको छ । आजको खेलमा जित निकाल्ने टोली उपाधिका लागि चितवनसँग प्रतिपर्धा गर्नेछ । फाइनल खेल शनिबार हुनेछ ।