पत्रिकासँग घुस माग्ने लेखा अधिकृत र लेखापाल पक्राउ

पत्रकारसँग घुस माग्ने लेखा अधिकृत र लेखापाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

पत्रिकामा विज्ञापन प्रकाशित गरेको भुक्तिानी दिएवापत लिएको ३० हजार रुपैयाँ घुससहित ललितपुरको महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर केसी पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरलाका अनुसार लेखापाल घिमिरे र लेखापाल केसीले नगरपालिकामार्फत् प्रकाशितरप्रसारित सूचना तथा विज्ञापनको भुक्तानी दिन लाग्दा घुस मागेका थिए। अख्तियारको टोलीले लेखा अधिकृत घिमिरे र लेखापाल केसीलाई घुस रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरेको हो।