सुनसरीको धरान उपमहानरपालिका– १५ मा श्रीमानको कुटाइबाट श्रीमतीको बुधबारराति मृत्यु भएको छ।
श्रीमान् काजीमान र श्रीमती रमिला राईबीच घरायसी बादविवाद भई कुटपिट हुदा ३६ वर्षीया श्रीमती रमिला राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिएका छन् ।
कुटाइबाट गम्भीर घाइते भएकी रमिलाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।
प्रहरीले श्रीमती हत्यामा संलग्न काजीमानलाई पक्राउ गरेर आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।






