पूर्वसचिव शान्तबहादुर श्रेष्ठको निधन

पूर्व सचिव शान्तबहादुर श्रेष्ठको ५९ वर्षको उमेरमा निधन भएको छ ।

निमोनियापछि उपचारका लागि बुधबार अस्पताल लगिएको श्रेष्ठको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो ।

अस्पतालको आईसियुमा उपचारकै क्रमम उनको निधन भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिएको छ ।

श्रेष्ठ २०४९ सालमा शाखा अधिकृतबाट निजामति सेवामा प्रवेश गरेका थिए । श्रेष्ठले स्वास्थ्य सचिव, स्थानीय विकास सचिव र शिक्षा सचिवको रुपमा पाँच वर्ष काम गरेका थिए ।


सचिवबाट रिटायर्ड भएपछि कालीगण्डकी बचाउन अभियानको अभियन्ताको रुपमा समेत काम गरेका थिए।