सन् २०१९ को अन्तिम सूर्यग्रहण शुरु भएको छ र अहिले जारी छ । नेपाली समय अनुसार यो ग्रहण ८ बजेर ४२ मिनेटमा देखिने खगोल शास्त्रीहरुले बताएका छन् । सो ग्रहण ११ बजेर ३१ मिनेटमा समापन हुनेछ ।
प्लेनेटरी सोसाइटी अफ इन्डियाका निर्देशक रघुनन्दनले बीबीसीलाई जनाएअनुसार एक दशकमा पर्ने ४–५ सूर्य ग्रहणको तुलनामा आजको सूर्यग्रहण सबैभन्दा बढी देखिनेछ ।
यसै आधारमा यो सूर्यग्रहणलाई शताब्दिकै सबैभन्दा ठूलो सूर्यग्रहण भनिदै छ । हुनत हरेक वर्ष सूर्य र चन्द्र ग्रहण भइरहन्छन् र पृथ्वीका विभिन्न भागबाट विभिन्न हिसाबले देखिन्छन् ।
तर अहिलेको सूर्यग्रहण पृथ्वीको ठूलो क्षेत्रमा देख्न सकिने विज्ञहरुले बताएका छन् । रघुनन्दनका अनुसार यो खगोलीय घटना भारत, नेपाल, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, चीन र अष्ट्रेलियाबाट एकै साथ देखिनेछ । यो ग्रहण सन् २०१९ को अन्तिम र तेस्रो सूर्यग्रहण हो ।






