चित्रकारिता मार्फत मुस्ताङ चिनाउदै छिरिङ फेन्जो

पोखरा – उपल्लो मुस्ताङको लोमान्थाङ गाउपालिका स्थित छोसेरका रोल मोडेल यूवा छिरिङ फेन्जो गुरुङले चित्रकारिता मार्फत जन्मथलो मुस्ताङ चिनाउने अभियानमा जुटेका छन् । यही शिलशिलामा उनले पोखरामा शिङ्गो मुस्ताङलाई एक मञ्चमा जम्मा पारेर भब्य एकल चित्रकारिता प्रस्तुत गरे ।


नेपाल भ्रमण बर्षको पूर्वसन्ध्यामा पोखराको लेकसाईडमा बुधबार उनले भब्य एकल चित्रकला प्रर्दशनीको सुरुआत गरेका हुन् । सो अवसरमा छिरिङले मुस्ताङ चिनाउने ४३ वटा चित्र ग्यालरी प्रस्तुत गरे । बाराही होटलको एउटै सभाहल मा समग्र मुस्ताङको मौलिकता झल्कने चित्रकारिता देखेर मुस्ताङी समुदाय छिरिङप्रति प्रफल्लित बने। छिरिङले यसअघि काठमान्डौ र मुस्ताङ गरी २ वटा चित्रकारिता शो देखाई सकेका छन् । पोखरामा नेपाल भ्रमण बर्ष मौका छोपेर आफुमा भएको कलालाई बेजोड रुपमा प्रस्तुत गरे ।


छिरिङ एकल चित्रकला प्रर्दशनीको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । मुस्ताङी युवा छिरिङले चित्रकारीताको माध्यमबाट मुस्ताङ चिनाउने प्रंशसनीयकार्य गरेको मुख्य मन्त्रीको भनाई थियो । मुख्य मन्त्री गुरुङले सरकारले गर्न नसकेको काम छिरिङ एक्लैले गरेर देखाएकोमा तारिफ समेत गरे । मुख्य मन्त्री गुरुङले युवाहरुलाई छिरिङ जस्तै उर्जाशिल बन्न समेत आग्रह गरे । उनले मुस्ताङ जिल्ला धार्मिक ,सास्कृति र पुरातात्तिक महत्वले प्रख्यात रहेको बताए । उपल्लो मुस्ताङमा ऐतिहासिक दुर्लभ राजतन्त्रको चिनारी रहेको उल्लेख गर्दे मुख्यमन्त्री गुरुङले उपल्लो मुस्ताङको ऐतिहसिक राजदरबारलाई राष्ट्रिय संम्पदाको रुपमा संरक्षण र विकास गरिनु पर्नेमा जोड दिए । मुस्ताङमा एक हजार बर्ष पुरानो गुम्बा र दरबारहरु रहेको र यसलाई अब संसारमै पस्कन सके अन्तराष्’िट्रय पर्यटन प्रर्वद्धनमा सघाउ पू¥याउने दावी गरे । मुस्ताङको पहिचान अझै सुुसुप्त अवस्थामा रहेको बताउदै मुख्यमन्त्री गुरुङले छिरिङको चित्रकारिताले मुस्ताङलाई चिनाउन सहयोग गरेको जनाए ।


संघीय सांसद प्रेमप्रसाद तुलाचनले मुस्ताङको समृद्धि र विकासका लागि जिल्लाका जनप्रतिनिधि अहोरात्र जुटेको बताए ।मुस्ताङीका हिजोका दिन समाप्त भईसकेको जनाउदै सांसद तुलाचनले सडक र नाका संञ्चालनपछि मुस्ताङमा आर्थिक स्वरोजगार अवसरहरु सृजना हुने जनाए ।।कार्यक्रममा लोमान्थाङ गाउपालिकाका अध्यक्ष सुवर्ण बिष्टले छिरिङ फेन्जो गुरुङ उपल्लो मुस्ताङको एक उदाहरणीय मात्र भएको बताए । यस्तै, जिसस मुस्ताङकी प्रमुख छिरिङ ल्हामो गुरुङले मुस्ताङी युवाहरु विदेश पलायन भएकोमा चिन्ता ब्यक्त गरिन् । उनले चालु वर्ष मात्रै मुस्ताङमा ७ सय जनाले राहदानी बनाएको उल्लेख गरिन् ।
छिरिङको एकल चित्रकला प्रर्दशनीलाई आर्थिक र भौतिक सहयोग गर्ने झन्डै एक सय जना सहयोगीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले मायाको चिनो सहित सम्मान गरे। यस्तै ,चित्रकार फेन्जोले आफुले सृजना गरेको एकथान फोटो ग्यालरी कार्यक्रममा मुख्यमन्त्रीलाई उपहार प्रदान गरेका थिए । हिउदयामको मौसममा जाडो छल्न झरेका उल्लेख्य मुस्ताङीहरु छिरिङको चित्रकला प्रर्दशनीमा सरिक भई हौसला बढाएका थिए ।


सानै उमेरमा चित्रकारीता तर्फ भुकाव राखेका फेन्जोले गाउकै लामा गुरु र अन्य स्वदेशी तथा विदेशी प्रशिक्षकबाट चित्रकारिता कक्षा पुरा गरेका छन् । चित्रकारिताकै दौरानमा ४ बर्ष कोरियामा रोजगारका लागि पुगेपनि उनले आफ्नो गाउठाउलाई चित्रकारिताकै माध्यमबाट चिनाउने अभिप्रायले स्वदेश फर्किएर चित्रकारितामै सर्मपित छन् । ३८ बर्षिय फेन्जो चित्रकारितालाई पेशा बनाएर अघि बढेका छन् । उनले मुस्ताङको धार्मिक ,सांस्कृतिक ,प्राकृतिक र रहनसहन भेषभुषालाई मौलिक रुपमा चित्रमा उतार्न दख्खल छन् । उनले पुराना थुर्तेन ,गुम्बा र लुङुता आदी लगायतमा पेन्ट गर्छन भने दृष्य हेरेर सहजै ल्याण्ड स्कीप चित्र कोर्न सक्छन् । यसघि काठमान्डौमा उनले एकल चित्रकला प्रर्दशनी गरेका थिए भने उपल्लो मुस्ताङको लोमान्थाङ महोत्सवमा दोश्रो चित्रकला प्रर्दशनी गरेका थिए । पोखरामा उनको चित्रकला प्रर्दशनी शुक्रबार सम्म देखाईने छ ।

फोटो क्याप्सन ः छिरिङ एकल चित्रकला प्रर्दशनी उद्घाटनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई फोटो तस्विर उपहार दिदै चित्रकार छिरिङ फेन्जो गुरुङ ।