नेपाल पर्वतारोहण संघद्वारा पोखरा १७ रातोपैह्रामा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा शान्तिको कामना गर्दै तेस्रो बृहत विश्वशान्ति पूजा सञ्चालन भएको छ ।
संघ स्थापनाको २५ औं वर्षगाँठको अवसरमा गरिएको पुजामा वुद्धका उपदेश एवं मानव हितसँगै हिमाल आरोहणका क्रममा दिवंगत आत्माको चिरशान्तिको कामना गरिने पुजा आयोजक समिति संयोजक हरिध्वज तुलाचनले बताए ।
३ दिनसम्म सञ्चालन चल्ने पूजा पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारीले सुरुआत गरे । उनले विश्वशान्तिका लागि बुद्धका उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।
संग्रहालयका निर्देशक शंकर गौतमले पूजाले धार्मिक सहिष्णुता कायम गर्दै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने जनाए ।






