गायक रामकृष्ण ढकालको सम्बन्धविच्छेद

चर्चित गायक रामकृष्ण ढकालको सम्बन्धविच्छेद भएको छ । पत्नी निलम साह ढकालले दिएको सम्बन्धविच्छेदको निवेदनमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इजलासमा उनीहरुले सम्बन्धविच्छेद गर्न गरी मिलापत्र गरेका हुन् ।

सेस्तेदार आनन्द श्रेष्ठका अनुसार गायक ढकाल र निलमले सम्बन्धविच्छेद गर्न मञ्जुर छौं भनी मिलापत्र गरेका छन् । निलमले अंश नलिने गरी मिलापत्र भएको हो । उनीहरुकी एकमात्र सन्तान छोरी भने निलमसँग रहने भएकी छिन् ।