चर्चित टेलिभिजन प्रस्तोता सेफ जगी जोन मृत फेला

भारतकी मोडेल तथा तथा चर्चित टेलिभिजन प्रस्तोता सेफ जगी जोन भान्सामा मृत भेटिएकी छिन्।

गत सोमबार साँझ केरलास्थित तिरुवनंतपुरमको आफ्नै भान्सा कोठामा उनी मृत भेटिएकी हुन्।उनी आफ्नी आमासँग केरलाको कुर्नावकोराममा एक फ्ल्याटमा बस्दै आएकी थिइन्।

जगीकी आमा छोरीको मृत्यु हुँदा आमा घरमै रहेको र छोरी भान्छामा पकाउँदै गरेको भन्दै बेहोस भएको प्रहरीले जनाएको छ।गजीले फोन नउठाएपछि उनका छिमेकीलाई साथीले फोन गरेर हेर्न भनेपछि उनको मृत्युको घटना सार्वजनिक भएको हो। साथी हेर्न जाँदा उनी मृत अवस्थामा भेटिएकी थिइन्।

टिभी प्रस्तोता तथा सेलिब्रिटीले खाना पकाउने कार्यक्रम ‘जगीज कुकबुक’ बाट नाम कमाएकी थिइन्। लासको पोस्टमार्टमपछि मात्रै उनको हत्या वा आत्महत्या के हो भन्ने बारेमा बताउन सकिने एएनआईले बताएको छ ।