एन्फाको भद्रगोल तालिका : २ महिनामा २५ प्रतियोगिता

- मनकामना गोल्डकप फागुन पहिलो र आहारारा अन्तिम साता

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्न खेल तालिका सार्वजनिक गरेको छ ।

एन्फाले आगामी फागुन र चैतका लागि मंगलबार मोफसलमा २५ प्रतियोगिता सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो ।

सुनसरीमा ४ झापामा ३ तथा पोखरा, मकवानपुर, चितवन र धनगढीमा २–२ प्रतियोगिता हुनेछ । यस्तै बुटवल, इलाम, बागलुङ, सर्लाही, वीरगञ्ज, नेपालगञ्ज, सिमरा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र काठमाडौँमा १–१ प्रतियोगिता हुने एन्फाले जनाएको छ ।

एन्फा को छविको परिणाम"

मनकामना फागुन पहिलो साता र अहारारा गोल्डकप अन्तिम साता
पोखराको सहारा क्लबले आयोजना गर्ने आहारारा गाल्डकप फागुनको अन्तिम साता हुने भएको छ । तर मिति घोषणा भने भएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ढिलो गरी सार्वजनिक गरेको खेल तालिका अनुसार आहारारा गोल्डकप फागुन अन्तिम साता हुने भएको हो ।

एन्फाले फागुन २२ देखि चैत १ गतेसम्म पोखरामा आहा रारा गोल्डकप गर्ने तालिका दिएको छ । योसंगै सर्लाहीमा राजर्षी गोल्डकप र वीरगञ्जमा विशाल मेमोरियल गोल्डकप पनि यही मितिमा गर्ने तालिका सार्वजनिक गरेको छ ।

साथै पोखरामै हुने अर्को फुटवल प्रतियोगिता मनकामना गोल्डकप भने फागुन पहिलो साता अर्थात फागुन १ गतेदेखि १० गतेसम्म गर्ने तालिका छुट्याएको छ ।

यही प्रतियोगिता भइरहँदा झापामा सताक्षी गोल्डकप र मकवानपुरमा वागमती गोल्डकप आयोजना पनि हुने उल्लेख छ ।

तालिकाअनुसार फागुन १५ देखि २४ गतेसम्म झापा गोल्डकप, माइभ्याली गोल्डकप र बागलुङमा मेयर कप आयोजना गरिनेछ ।

यस्तै फागुन २९ देखि चैत ८ गतेसम्म मकवानपुरमा मकवानपुर गोल्डकप, सुनसरीमा दुहवी गोल्डकप, धनगढीमा तेस्रो सुदूरपश्चिम गौरी गङ्गा गोल्डकप, चैत १३ देखि २२ गतेसम्म सिन्धुपाल्चोकमा सिन्धु गोल्डकप, काभ्रे गोल्डकप र सुनसरीमा भरत गोल्डकप आयोजना गरिने एन्फाले जनाएको छ ।

यसैगरी फागुन ८ देखि १७ गतेसम्म बुटवलमा तिलोत्तमा गोल्डकप, धरानमा बुढासुब्बा गोल्डकप, फागुन २४ देखि चैत ३ गतेसम्ममा नेपालगञ्ज गोल्डकप, चितवनमा भरतपुर गोल्डकप तथा चैत ६ देखि १५ गतेसम्म सिमरा गोल्डकप र सुनसरीमा मदन भण्डारी गोल्डकप आयोजना गरिनेछ ।

यसैगरी एन्फाले फागुन ५ देखि १५ गतेसम्म चितवनमा राइनो गोल्डकप, फागुन ११ देखि २२ गतेसम्म धनगढीमा खप्तड गोल्डकप, चैत २० देखि २९ गतेसम्म एन्फा नकआउट प्रतियोगिता र चैत १७ देखि वैशाख ६ गतेसम्म झापामा मेचीनगर गोल्डकप सञ्चालन गरिनेछ ।