हाम्रो नशामा पाइपमा पानी बगेजस्तै गरी रगत बगिरहेको हुन्छ । यसैले कुनै पनि माध्यमबाट हाम्रो रक्तबाहिनी नलीहरुमा हावा पस्यो भने, त्यो हावा रगतको साथ साथै हाम्रा रक्तनलीहरुमा बग्न थाल्छ ।
यसरी रगतका साथ हावा बग्ने क्रम तबसम्म जारी रहन्छ, जबसम्म त्यो हावाले आफ्नो आकारअनुरुपको नली भेट्टाउछ अर्थात् हावा सजिलै छिरेर पार गर्न सक्छ ।
तर हाम्रो शरीरमा कतिपय स्थानहरुमा अत्यन्तै सुक्ष्म रक्तनलीहरु पनि हुन्छन्, जसमा हावा छिर्न सक्दैन ।
यस्तो स्थानमा आइपुगे पछि रगतका साथ बगिरहेका हावाले ठीक त्यसरी नै रगतलाई नलीबाट बग्न अवरोध पैदा गरिदिन्छ, जसरी पानीको पाइपमा पसको हावाले पानीलाई गर्छ ।
त्यसरी हावा रगत रोकिदिएको स्थानभन्दा अगाडीको स्थानमा रगत आपुर्ति हुन पाउँदैन । त्यसरी रगतको आपर्ति हुन नपाएपछि त्यस्ता स्थानहरुका कोषहरुले पोषण र अक्सिजन प्रप्त गर्न सक्दैनन् ।
यो क्रम निश्चित अवधिभन्दा लामो समय सम्म कायम रहने हो भने, रगत आपुर्ति हुन नसकेको शरीरका अंगका कोषहरु मर्न थाल्छन् । अझ यो स्थिति मस्तिष्क जस्तो स्थानमा भयो भने त त्यो मान्छेको मृत्यु पनि हुन सक्छ ।




