नेपाल बैक कर्मचारी परिषद् गण्डकीको शनिबार भएको भेलाले राजेन्द्रमान श्रेष्ठको अध्ययक्षतामा नयाँ समिति चुनेको छ ।
समितिमा उपाध्यक्ष तारा श्रेष्ठ, सचिव शिव श्रेष्ठ, कोषाध्यक्ष उषा सिग्देल र सदस्यमा कृष्णप्रसाद पौडेल, रुद्रनाथ पौडेल, प्रेमकुमार पाण्डे, शुक्रकुमार प्रधान, पद्मा शेरचन, रामकुमारी गुरुङ र खगेन्द्रराज पराजुली छन् ।
सल्लाहकारमा किरणकुमार श्रेष्ठ, देबि प्रसाद पराजुली, गुरु प्रसाद ज्ञवाली, हिरा काफ्ले र डम्मरुराज बराल छन् ।
देवीप्रसाद पराजुलीको अध्यक्षतामा भएको भेलामा वैंकका निवर्तमान बरिष्ठ प्रबन्धक ऋषिराम चिलुवालले जागिरमा रहदा विभिन्न तह तप्कामा रहेर काम गरेता पनि निबर्तमान भएपछी सबै समान भएको बताए । निवृत्त कर्मचारीको हितमा आवाज ऊठाउने सबल संस्थाको आजको आवस्यकता यो संस्थाले पूरा गर्ने उनले अपेक्षा गरे ।
कार्यक्रममा निबर्तमान प्रबन्धकहरु गुरुप्रसाद ज्ञवाली, देवीप्रसाद पराजुली, कृष्णप्रसाद पौडेल, रुद्रनाथ पौडेल, गुणनिधी काफ्ले, सुरेन्द्र पौडल, राजेन्द्रमान श्रेष्ठ लगायतले बोलेका थिए ।





