अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको एक दिवसीय वरियतामा नेपाल १८ औं स्थानमा यथावत् रहेको छ । नयाँ वरियतामा नेपालले १९ रेटिङ अंक पाएको छ ।
अघिल्लो महिनाको वरियतामा नेपाल १ स्थान तल झर्दै १८ औं स्थानमा पुगेको थियो । हाल नेपालभन्दा तल संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्युगिनी रहेको छ । युएई १९ तथा पपुवा न्युगिनी २० औँ स्थानमा छन् ।
नयाँ वरियतामा इङल्यान्ड शीर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ । त्यसैगरी न्युजिल्यान्ड तेस्रो, अस्ट्रेलिया चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छ । यता टी–ट्वान्टी वरियतामा भने नेपाल १२औं स्थानमा छ ।




