आज सुनको मूल्य ३ सयले उकालो लागेको छ ।
सोमबार तोलाको ७१ हजार ९ सय रुपैयाँमा कारोबारो भएको सुन मंगलबार ३ सयले बढेर ७२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै सोमबार बजारमा तोलामा ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी तोलामा १५ रुपैयाँले बढेर ८ सय ७५ मा कारोबार भइरहेको छ ।




