बाल कथा सङ्ग्रह लिएर आइन् सरु

साहित्यकार सरस्वती श्रेष्ठ सरुको बाल कथा सङ्ग्रह किट्टी सर्वाजनिक भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले आयोजना गरेको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तले कृति लोकर्पण गरे ।

सरुभक्तले बालकथा लेखन सजिलो नभएको उल्लेख गर्दै कस्तो साहित्यलाई बालसाहित्य भन्ने प्रष्ट नहुँदा अन्योल जारी रहेको बताए ।

समीक्षक जीवनसागर भन्डारीले सरूका बालकथा कल्पना गरिएर लेखिएको नभई प्रत्यक्ष अनुभवमा आधारित भएको विचार राखे । बालबालिकालाई प्रेरणा दिने र व्यवाहरिक ज्ञान सिकाउने खालका सरुका कथा पठनीय रहेको उनको भनाइ छ ।

कथाकार सरूले कक्षामा पढाउँदा मौखिक रुपमा बुनिएका कथाहरुलाई बालकथाको रुप दिएको जनाइन् । मूल्य रु ७५ राखिएको कृति बि एन संसार प्रालि कठमाडौँले प्रकाशन गरेको हो ।

उनको यो चौथो कृति हो । यसअघि उनका १ गीत संग्रह र २ कविता संग्रह प्रकाशित छन् ।