‘गुण्डा नाइके’ रमेश बाहुन समूहका सुटर पक्राउ

गुन्डा नाइके रमेश बाहुन समूहका एक सुटरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५ वर्ष जेल सजाय भोगेर छुटेका दुर्गा राई छन् ।

उनलाइ व्यावसायीलाई धाकधम्की दिंदै गर्दा महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले कोटेश्वरबाट पक्राउ गरेको एसएसपी सहकुलबहादुर थापाले जानकारी दिएका छन्।

थापाका अनुसार प्रहरीको ‘मोस्ट वान्टेड’ गुण्डा नाइके दावा लामा समूहका विष्णु धिताल पनि पक्राउ परेका छन् ।