नुवाकोटमा मिनीट्रक दुर्घटना, २ को मृत्यु ६ घाइते

नुवाकोटको विदुर नगरपालिका–६, मूलथलामा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय, नुवाकोटका अनुसार खड्गभञ्ज्याङतर्फ जाँदै गरेको बा२क ७९१० नंवरको मिनीट्रक अनियन्त्रित भएर दुर्घटना भएको हो ।

मृत्यु हुने दुईजनाको पहिचान खुलेको छैन। घाइते ६ जनामध्ये दुई जनालाई काठमाडौं ‘रिफर’ गरिएको र चारजनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको नुवाकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिएका छन् ।