बालआश्रममा सृजनशील युवाहरूको सहयोग

पोखरा महानगरपालिका वडा नं. २७ स्थित सृजनशील युवा क्लवले सोही वडामा रहेको श्रीकृष्ण प्रणामी वृन्दावन धामलाई खाद्यान्न, पाठ्यसामग्री तथा खेलकुद सामाग्री सहयोग गरेको छ ।

उक्त सामग्री धामका अध्यक्ष स्वामी बिष्णु वरिष्ठ महाराजलाई हस्तान्तरण गरिएको थियो ।
क्लबले यसअघि पनि यस्ता रचनात्मक सामाजिक कार्यक्रम गर्दै आईरहेको थियो ।

क्लबका संस्थापक अध्यक्ष वेदप्रसाद बस्ताकोटी, सल्लाहकार विश्वराज आचार्य, पूर्ब अध्यक्ष महेश अधिकारी, लेकसिटी युथ क्लबका उपाध्यक्ष गोपी तिवारी लगायत सहयोग हस्तान्तरण कार्यक्रममा सहभागी थिए ।

कार्यक्रममा क्लवका अध्यक्ष निरोज लामिछानेले बालबालिका तथा किशोर अवस्थाका युवाको क्षेत्रमा सहयोग गर्न पाउँदा खुशी लागेको भन्दै यस्ता कार्यकलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता जनाए ।

कार्यक्रम संचालन क्लबका सचिव यम क्षेत्रीले गरेका थिए भने कार्यक्रम संयोजकमा क्लबका उपाध्यक्ष रोशन लामिछाने रहेका थिए ।