कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा यहि पुष १० देखि १४ गते सम्म पोखरामा १७ औं माछापुच्छ्रे बैक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता हुने भएको छ । यसअघि उक्त प्रतियोगिताको १६ औं संस्करणसम्म भेट्रान्स मात्रै हँुदै आएको थियो । संघ कास्कीको हालै बसेको बैठकले यसपटकदेखि माछापुच्छ्रे ओपन गर्ने निर्णय गरेको संघ कास्कीका अध्यक्ष दोर्जे लामाले जानकारी दिए ।
प्रतियोगितामा मेन्स सिंगल, डबल्स, उमन्स सिंगल डबल्स तथा ३५, ४५, ५५ र ६५ वर्ष माथि मेन्स सिंगल र डबल्स गरि विभिन्न १२ इभेण्टमा प्रतिस्पर्धा हुने संघ कास्कीले जनाएको छ ।
ओपनतर्फ मेन्स तथा उमन्स सिंगलमा विजेतले नगद ५० हजार, उपविजेताले नगद २५ हजार तथा सेमिफाइनलिष्टले नगद १०÷१० हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरि मेन्स तथा उमन्स डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमिफाइनलिष्टले नगद ५÷५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्ने संघ कास्कीका सचिव नविन चालिसेले जानकारी दिए ।
३५ वर्ष माथिको एकल विजेताले नगद ५० हजार तथा उपविजेताले नगद २५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् भने ३५ वर्ष माथिको डबल्स विजेता खेलाडीले नगद १५ हजार तथा उपविजेता खेलाडीले नगद ८ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । ४५ वर्ष माथि एकल विजेताले नगद २० हजार तथा उपविजेताले नगद १० हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । सोही उमेर समुहमा डबल्स विजेताले १५ हजार र उपविजेताले नगद ८ हजार रुपैयाँ सहित ट्रफि पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।
५५ वर्ष माथिको एकलतर्फ विजेतलाई नगद २० हजार तथा उपविजेतालाई नगद १० हजार सहिट ट्रफिले पुरस्कृत गरिने छ भने ६५ वर्ष माथिको विजेता उपविजेतालाई ट्रफिद्वारा पुरस्कृत गरिने आयोजक संघले जनाएको छ ।




